ad ad

कोशी


ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १३:२४, झापा

झापाको दमकमा ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु भएको छ। साउन २७ गते बिहान दमक नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक दमक ४ का ६८ वर्षीया रामजुलुम नायक घाइते भएका थिए। उनलाई निम्स अस्पताल दमकमा उपचारका लागि लगिएको थियो। थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएको थियो।

उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

पश्चीमबाट पुर्ब तर्फ जाँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं १–०४–००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। 

ट्रक चालक झापा अर्जुनधारा नगरपालिका ५ का ३८ वर्षीय मात्रिका दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .