ad ad

कोशी


प्रहरी हिरासतमा रहेका व्यक्ति अस्पतालबाट फरार

प्रहरी हिरासतमा रहेका व्यक्ति अस्पतालबाट फरार

सुमन पुरी
साउन २६, २०७९ बिहिबार १७:३, विराटनगर

कोसी कोभिड अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कैदी भागेका छन्।

कोभिड संक्रमण भएर उपचारका लागि भर्ना भएका   विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पतालबाट नै भागेका हुन्। 

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ।

बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका थिए। 

दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो। फैसलापछि उनी फरार थिए।

लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो। 

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्ताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .