ad ad

कोशी


केशलिया करिडोर निर्माणका लागि बिषयमा विज्ञसँग छलफल शुरु

केशलिया करिडोर निर्माणका लागि बिषयमा विज्ञसँग छलफल शुरु

नेपालखबर
साउन २४, २०७९ मंगलबार १०:२५, काठमाडौँ

विराटनगरको बाढी नियन्त्रण गर्ने योजनाको रुपमा अघि सारिएको केशलिया करिडोर निर्माणका लागि छलफल शुरु भएको छ।
 

केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गर्दै विराटनगरको बाढी नियन्त्रण गर्ने केशलिया करिडोर निर्माण कसरी गर्ने भन्ने बिषयमा सरोकारवाला निकायहरुले विज्ञहरुसँग छलफल शुरु गरेका हुन्।

केशिलिया करिडोरलाई महानगरको सौन्दर्यीकरणका रुपमा समेत हेरिएको छ।

नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत विज्ञहरुले गराएका छन् । 

विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताएका छन्। 

नदी बाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी सौन्दर्यीकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए। 

कार्यक्रमको अध्यक्ष समेत रहेका मन्त्री कार्कीले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया करिडोर निर्माण गरिने बताएका छन्। 

केशलिया नदीलाइ सौन्दर्यीकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने मन्त्री कार्की बताउँछ। ‘हामीले विराटनगरमा नयाँ योजना गर्दै छौँ भने आसपासका पालिका र स्थानीय तह पनि समेट्न पर्दछ। त्यो विकासको मोडालिटी विकेन्द्रीकृत हुन्छ,’ मन्त्री कार्कीले भने, ‘स्थानीय तहको समेत सहभागितामा कोरिडोरको निर्माण थालिने छ।’

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागि पर्ने बताए। अघिल्लो सरकार हुँदै आयोजना निर्माणको कार्य थालनि गरिने बताएको भए पनि अस्थिरताका कारण सुरु हुन नसकेको उनको भनाई छ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, प्रदेश सचिव, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगाएर सरोकारवाला निकायका प्रमुखका प्रतिनिधिको सहभागिता रहेको थियो। 

आर्थिक वर्ष (२०७९–८०)को बजेटमा सहरी नदी करिडोर कार्यक्रम अन्तरगत सङ्घीय तथा प्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया करिडोर निर्माणको प्रक्रिया थालिएको हो। केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका, बर्जू गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .