ad ad

कोशी


प्रदेश १ को नामकरण गर्ने समय घर्कियो : मन्त्री राई

प्रदेश १ को नामकरण गर्ने समय घर्कियो : मन्त्री राई

नेपालखबर
साउन २४, २०७९ मंगलबार १०:३, विराटनगर

प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को नामकरण गर्ने समय घर्किएको बताएका छन्।

मंगलबार बिहान फेसबुकमार्फत उनले एउटा राजनीतिक दलको हठका कारण प्रदेश नामकरण गर्ने समय घर्केको आरोप लगाएका हुन्।  

तर कुन राजनीतिक दल, उनले खुलाएका छैनन्। 

‘नामका सन्दर्भमा कोसी तर्न हुन्न भन्ने एउटा राजनैतिक दलको हठले प्रदेशको नाम लगभग टरेर गएको छ’, उनले लेखेका छन्, ‘समय घर्किएको छ तर अझै सिधिसकेको छैन।’

प्रदेश नामकरणमा आफ्नो अडानमा थोरै लचकता अपनाउने हो भने यहाँका राजनीतिक दल, नेता, सांसद तथा मन्त्री अपजसबाट बच्ने तर्क उनले गरेका छन्।  

उनले भनेका छन्, ‘यो हाम्रो गौरवशाली जमिनमा कोसी मात्र होइन, हजारौं वर्ष अघिदेखिको सभ्यता, संस्कृति र विश्व प्रसिद्ध भुगोलहरू पनि त छन्। हैन र?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .