ad ad

कोशी


सप्तकोसीमा ‘हाईअलर्ट’ जारी

सप्तकोसीमा ‘हाईअलर्ट’ जारी

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०७९ शनिबार १४:२३, काठमाडौँ

सप्तकाेसी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वाभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए। 

प्रजिअ यादवले नदीको बराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासका क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए।

बराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा सतर्कता तह पार गर्ने सम्भावना देखिएकाले समेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए। प्रजिअ यादवले उक्त बहाव कोसी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्नसक्ने
देखिएकाले ब्यारेजमा समेत सतर्कता बढाइएकोे बताए।

यसैबीच कोसीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाईअलर्ट जारी गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोसी आसपासको क्षेत्रमा हाईअलर्ट जारी गरिएको बताए। कोसी ब्यारेजले ९ लाख क्युसेक बहाव धान्नसक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन्।

सु​नसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .