कोशी


साढे १० लाखको गहनासहित पक्राउ

साढे १० लाखको गहनासहित पक्राउ

बरामद गहनासहित अभियुक्त


नेपालखबर
साउन २१, २०७९ शनिबार १०:४४, सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलर्सबाट चोरिएका  झन्डै साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

स्थानीय लक्ष्मण विकको पसलबाट चोरिएका सुनचाँदीका गहनासहित प्रहरीले चतराकै २६ वर्षीय अनिल बराइलीलाई पक्राउ गरेका हो। 

शुक्रबार राति १ तलाको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय (चतरा) र इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) बाट प्रहरी टोली खटिएको थियो। 

घटना अनुसन्धानका क्रममा शुक्रबार राति साढे २ बजे शंका लागेर स्थानीय अनिल बराइलीको घरभित्र खानतलासी गर्दा प्रहरीले चोरिएका सुनचाँदीका गहना बरामद गरेको हो। 

बराइलीले दराजपछाडि कालो झोलामा लुकाएर राखेको अवस्थामा चोरीका सुनका गहना ६ तोला ८३ लाल र चाँदीको गरगहना २९७ तोला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गहनाको मूल्य १० लाख ४० हजार ५९० रुपैयाँ अनुमान गरिएको प्रहरीले जनाएको छ। 

चोरिएका सुनका गहनासहित बराइलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) ले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .