ad ad

कोशी


आरक्षले जग्गा लिने हल्लापछि सप्तकोसीका प्रभावित जोखिम मोलेरै डुबान क्षेत्रमा

सुनसरीका सिडियो भन्छन्– आरक्ष विस्तारको कुनै योजना छैन
आरक्षले जग्गा लिने हल्लापछि सप्तकोसीका प्रभावित जोखिम मोलेरै डुबान क्षेत्रमा

सुमन पुरी
साउन १९, २०७९ बिहिबार ११:२४, काठमाडौँ

कोसीटप्पु वन्यजन्तु आरक्षले श्रीलंका टप्पुको जग्गा लिने हल्ला फैलिएपछि सप्तकोसीमा आएको बाढीबाट प्रभावितहरू जोखिम मोलेरै डुबान क्षेत्रमा बस्न थालेका छन्।

कोसी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गर्न लागेको र सो क्रममा श्रीलंका टापुको जग्गा पनि आरक्षले लिने भन्दै डुबान क्षेत्रमा प्रभावितहरु बस्न थालेका हुन्। 

सप्तकोसीको भंगालो घर आँगन र खेतबारीमा पसे पनि आरक्षले जग्गा लिने डरले सर्वसाधारण गाँउ छाड्न नमान्दा उद्धारमा समस्या भएको हो। 

कोसी टप्पु बन्यजन्तु आरक्षको विस्तार हुने हल्ला बुधबार बिहानैबाट फैलाइएको छ। हल्ला फैलिएपछि सप्तकोसीको पानी सुके पनि गाउँमा बस्न नपाइने भन्ने डरले सर्वसाधारण गाँउ छाड्न नमानेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले नेपालखबरलाई बताए। 

हिजो गाउँबाट सुरक्षित स्थानमा ल्याइएकाहरू पनि बिहानैबाट पोको बोकेर गाँउ फर्कन थालेपछि समस्या भएको छ। 

 

गुगल म्यापमा सप्तकोशी डुबानबाट प्रभावित क्षेत्र

प्रहरीले गाँउ फर्कन लागेकाहरूलाई रोकेर राखेको छ। ‘गाउँमा सप्तकोसीको भंगालो बगे पनि पोका बोकेर फर्कनेहरुको ताँती भेट्यौं,’ बेलका नगरपालिकाका मेयर कार्कीले भने, ‘किन फर्कन लागेको भनेर सोधखोज गर्दा आरक्षले जग्गा लिन्छ भन्ने पीर रहेछ।’

हल्लाको कारण मानिसहरु अझै सप्तकोसी प्रभावित क्षेत्रमै बसेको उनले बताए।

सप्तकोसीको धार अहिले श्रीलंका टप्पुको पश्चिमी क्षेत्रबाट बगेको छ। जसका कारण श्रीलंका टप्पु जलमग्न भएको छ।

जलमग्न  भएपनि पूर्वी तटको चिलिया टप्पु, सिसौली र गरैयाँ टप्पु क्षेत्रमा गएर पश्चिम क्षेत्रका सर्वसाधारण गएर बसेका छन्। सो क्षेत्र टप्पुको अग्लो स्थान हो । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव याद​वले अहिले आरक्ष विस्तारको कुनै योजना नभएको बताए। उनले हल्लाका पछि नलाग्न सर्वसाधारणलाई अपिल समेत गरेका छन्। 

अहिले सुरक्षित स्थानमा बस्न मुख्य कुरा भएको बताउँदै प्रजिअ यादवले सुरक्षित स्थानमा जान सहयोग गरिदिन नागरिकलाई आग्रह गरेका छन् । 

शिविरमा बसेनन् 
सप्तकोसी नदीले बेलकाबाट पश्चिम तर्फ धार परिवर्तन गरेपछि जोखिममा परेका १० हजार भन्दा बढि सर्वसाधारणले गाँउ छाडेका छन्।

गाँउ छाडेका मध्ये अधिकांश आफन्तको शरणमा गएका छन्।

स्थानीय सरकारले प्रभावितहरुलाई राख्न स्थानीय विद्यालयहरुमा ब्यवस्थापन गरेपनि शिविरमा भने न्यून सर्वसाधारण बसेका छन्। मेयर कार्कीले भने, ‘हामीले ब्यबस्थापन गरेका स्थानमा बस्नेको संख्या न्यून छ। धेरै जसो आफन्तकोमा पुगेका छन्।’

बेलका नगरपालिकाका वडा नं ८ मा रहेको सप्तकोसी उच्च मा.वि, वडा नं ३ मा रहेको कोसी मा.वि र सातपत्रे आधारभूत प्रा.वि, खेती खोलाको चक्रपुर माविमा विस्थापितलाई राख्ने ब्यवस्था मिलाइएको छ। 

त्यहाँ सरकारले आवश्यक पर्न खानेकुराको समेत प्रबन्ध मिलाएको छ।

याे पनि:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .