ad ad

कोशी


सप्तकोसी अपडेट : बिहानैदेखि उद्धार जारी, पानीको बहाव थोरै घट्यो

सप्तकोसी अपडेट : बिहानैदेखि उद्धार जारी, पानीको बहाव थोरै घट्यो

नेपालखबर
साउन १९, २०७९ बिहिबार ९:२१, काठमाडौँ

सप्तकोसीमा आएको बाढीबाट प्रभावितहरूकाे उद्धार कार्य जारी छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार बिहीबार बिहानैबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा जुटेको हो। 

यद्यपी धान, मकै लगायतका खेतीबाली र अन्य धनजनको भने क्षती भएको प्रजिअ यादवले जानकारी दिए। ‘उद्धारका लागि अहिले पनि सुरक्षा निकाय सबै लागिरहेको छ,’ प्रजिअ यादवले भने, ‘पानीको बहाव अलि कम भएको छ’

अहिलेसम्म मानवीय क्षती नभएको र हुन नदिनका लागि सुरक्षा निकायहरु सक्रिय रहेको उनले बताए। 

उद्धार गरिएका नागरिकहरुलाई आफन्त, सामुदायिक विद्यालय र सार्वजनिक भवनमा राखिएको उनले जानकारी दिए।

बुधबार बिहान ३ बजेदेखि सप्तकोसीको नदी उदयपुरको बेलका नगरपालिका वडा नम्बर–८ बाट पश्चिमतर्फ पसेको थियो। 

नदीले धार परिवर्तन गरेर बस्तीमा पसेपछि नागरिकको उद्धारका लागि गोताखोर समेत प्रयोग गरिएको थियो।

बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ अनि वराहक्षेत्रका वडा ९ र ६ का हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।

याे पनि : ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .