ad ad

कोशी


‘गुगल म्याप’ मा हेरौं सप्तकोसीको जोखिमयुक्त क्षेत्र

‘गुगल म्याप’ मा हेरौं सप्तकोसीको जोखिमयुक्त क्षेत्र

नेपालखबर
साउन १८, २०७९ बुधबार ११:३, काठमाडौँ

सप्तकोसी नदीले आफ्नो बाटो परिवर्तन गरेर पश्चिमी तटलाई कटान गर्न थालेपछि उदयपुर र सप्तरीका जनता जोखिममा परेका छन् ।

तर, यो जोखिम कोसी ब्यारेजको माथिल्लो भागमा मात्र सीमित रहने र बाढी सप्तकोसीको पुलभन्दा माथिकै भागमा मिसिने भएकाले पुलमुनिका बस्तीमा भने असर नपर्ने पूर्वानुमान गरिएको छ । 

०६५ सालमा सप्तकोसीको पूर्वी तट फुटेर नदी बस्तीमा पसेको थियो । र, यसले नेपाल मात्र नभएर भारतीय बस्तीहरुसमेत डुबान र कटान भएका थिए ।

पश्चिम तटमा पस्न थालेको यसपटकको बाढीले पुलदेखि माथिको नेपाली भूभागमा मात्रै असर पार्ने देखिएको स्थानीय बताउँछन् ।

स्थानीयले दिएको जानकारी अनुसार बाढी चताराधामको नजिकैबाट पश्चिमतर्फ पस्न थालेको छ र यसले बेलका नगरपालिकाका २० हजार जनसंख्या प्रभावित गराउने जोखिम बढेको छ ।

यो बस्ती सप्तकोसीको पुरानो बाटोमा करिब ३० वर्षअघि देखि बस्न थालेको हो । यहाँ खोटाङ, भोजपुरतिरबाट बसाइँ आउने क्रम बढेसँगै वस्ती विकास भएको हो ।

तर, बेलकामा पसेको बाढी वडा नम्बर २ स्थित भागलपुरसम्मै पुग्यो भनेचाहिँ यसले ५०–६० वर्ष पुरानो बस्तीलाई पनि प्रभावित बनाउने र त्रियुगा नदीमा मिसिएर बाढी पुनः सप्तकोसीमा फर्कने सम्भावना रहेको स्थानीयको भनाइ छ । 

गुगल म्यापमा हेरौं जोखिमपूर्ण बस्तीको तस्बिर–


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .