ad ad

कोशी


बेलका नगर प्रमुख भन्छन्– २० हजार मान्छेलाई विस्थापित गर्नुपर्छ, सबै सुरक्षा अपनाएका छौं

बेलका नगर प्रमुख भन्छन्– २० हजार मान्छेलाई विस्थापित गर्नुपर्छ, सबै सुरक्षा अपनाएका छौं

बेलका नगरपालिकाका प्रमुख अशोक कार्की (दायाँ)


नेपालखबर
साउन १८, २०७९ बुधबार १०:१२, काठमाडौँ

सप्तकोसी नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिकाका स्थानीयहरु धमाधम सुरक्षित ठाउँमा सर्न थालेका छन्। बेलका नगरपालिकाको वडा नं ८ बाट नदी पुरानै धारमा फर्कँदा उदयपुर, सप्तरी र सुनसरीका विभिन्न गाउँहरु जोखिममा परेका हुन्। 

बेलका नगरपालिका प्रमुख अशोक कार्कीका अनुसार अहिले विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको छ। झण्डै २० हजार स्थानीयहरुलाई सुरक्षित स्थानमा विस्थापित गर्नुपर्ने अवस्था भएको उनले जानकारी दिए। 

‘यहाँका बस्तीहरुमा कोशी पसिसकेको अवस्था छ। हामीले २० हजार मान्छेलाई सुरक्षित ठाउँमा विस्थापित गर्नुपर्ने अवस्था छ,’ प्रमुख कार्कीले भने, ‘अहिले विपद् व्यवस्थापनको बैठक चलिरहेको छ।’

जिल्ला सुरक्षाको सबै टिम परिचालन भएको उनले जानकारी दिए। डेढ महिनादेखि निरन्तर लागिरहेको उनले बताए। ‘पूर्वसंकेत थियो,’ उनले भने, ‘सोही अनुसार हामी डेढ महिनादेखि निरन्तर लागिरहेकै छौं,’

विस्थापित नागरिकलाई सुरक्षित स्थानमा सार्न जनपद, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।

७० वर्षपछि सप्तकोसी पुरानै बाटोमा 
७० वर्षअघिसम्म सप्तकोसी नदीको मूल भंगालो सोही बाटोबाट बग्ने गरेको थियो। नदी पूर्वतर्फबाट बग्न थालेपछि नदी उकास जमिनमा मानिस बस्न थाले।

अहिले नदी त्यही पुरानो बाटोबाट बग्दा उदयपुरस्थित बेलका नगरपालिकाका ४ वटा वडा र सुनसरीको वराहक्षेत्र नगरपालिकाका २ वटा वडा टापुमा परिणत भएका छन्। 

नदीमा पानीको सतह धेरै हुँदा टापुमा मानिसहरु अड्किएको बेलकाका मेयर कार्कीले बताए। उनका अनुसार डुंगाको सहायताले उनीहरुलाई नदी तारी सुरक्षित  स्थानमा लैजाने काम भइरहेको छ। 

पश्चिमतर्फ धार परिवर्तन गरेको सप्तकोसी नदी भागलपुरमा पुगेर मिसिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .