ad ad

कोशी


स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

रासस
असार १५, २०७९ बुधबार १२:७, मोरङ

मोरङको रंगेली नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

मंगलबार दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोही स्कुलका ४   बर्षीय रितिक मण्डल र बर्षीया सुनम कुमारी मण्डललाई ठक्कर दिएकाे थियाे। 

बसको ठक्करबाट घाइते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएको थियाे। रितिककाे अस्पतालमा पुर्‍याउनका साथ मृत्यु भएको थियो। 

सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भइरहेको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .