ad ad

कोशी


वर्षाको प्रभाव : विराटनगर र इटहरीमा ३ दिन विद्यालय बन्द

वर्षाको प्रभाव : विराटनगर र इटहरीमा ३ दिन विद्यालय बन्द

फाइल तस्बिर


सुमन पुरी
असार १५, २०७९ बुधबार १०:८, विराटनगर

लगातार वर्षा भएपछि विराटनगर र इटहरीका शैक्षिक संस्था बन्द गरिएका छन्। 

विराटनगर महानगरपालिकाले मंगलबारदेखि र इटहरी उपमहानगरपालिकाले आज (बुधबार) देखि आआफ्ना क्षेत्रका विद्यालय बन्द गराएका हुन्। 
यसैबीच विराटनगरका १२ वटाभन्दा बढी विद्यालयमा पानी पसेको छ। 

बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए। आकस्मिक बैठक बसेर वर्षाले विस्थापितहरूलाई विद्यालयमा आश्रय दिने निर्णय गरिएको उनले बताए। 

‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरूलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो’, कोइरालाले भने, ‘त्यसो हुँदा हामीले विद्यालयमा राख्नका लागि तीन दिन बिदा दिने निर्णय गर्यौं।’ 

महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

इटहरीका विद्यालय पनि आजदेखि १७ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .