ad ad

राजनीति


प्रधानमन्त्रीले भने : संघीयता बलियो बनाउन प्रदेशलाई पूरा अधिकार दिन्छौँ

प्रधानमन्त्रीले भने : संघीयता बलियो बनाउन प्रदेशलाई पूरा अधिकार दिन्छौँ

बालुवाटारमा मुख्यमन्त्री कार्की र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्ता


नेपालखबर
माघ १८, २०७९ बुधबार १२:२, विराटनगर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। 

उनले प्रदेशलाई पूर्णअधिकार दिने कुरामा आफ्नोतर्फबाट पहल भइरहेको समेत बताएका छन्।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँग बालुवाटारमा बुधबार बिहान भएको भेटका क्रममा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

भेटका क्रममा संघीयता बलियो बनाउन प्रधानमन्त्रीलाई मुख्यमन्त्री कार्कीले आग्रह गरेका थिए। 

प्रधानमन्त्रीसँग संघीयतालाई बलियो बनाउने विषयमा कुराकानी गरेको मुख्यमन्त्री कार्कीले बताए।

मुख्यमन्त्री कार्कीले प्रधानमन्त्तीसँगको भटमा निजामती सेवा ऐन, संघीय शिक्षा ऐन र संघीय प्रहरी ऐन छिटो ल्याउन पनि आग्रह गरेको बताएका छन्।

प्रदेश १ सरकार गठन भएको एक महिना पुग्न लागेको छ। गत पुस २५ गते गठन भएको प्रदेश १ सरकारमा ६ मन्त्रीसहित ७ सदस्यीय मन्त्रिमण्डल छ। 

९ मन्त्रालय रहने औपचारिक निर्णय गरिसकेको प्रदेश सरकारमा थप दुई मन्त्री नियुक्ति हुन बाँकी छ। 

यस विषयमा पनि छलफल भएको स्रोतले बताएको छ। यद्यपि त्यसबारे आफूसँग कुनै छलफल नभएको मुख्यमन्त्री कार्कीले बताए। 

‘अहिले सामान्य सिष्टाचार भेट गरेको हुँ,’ कार्कीले भने, ‘मन्त्रालयको विषय त्यही टुंगो लाग्छ, माथि छलफल गर्नुपर्ने आवश्यकता छैन।’ 

भेटका क्रममा प्रधानमन्त्रीले मितव्ययीता र सुशासनमा जोड दिँदै प्रदेश सरकारले जनताले अनुभूति हुने गरी काम गर्न पनि मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका थिए। 

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रदेशको मन्त्रालय संख्या घटाएकोमा मुख्यमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .