राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थगित भएको छ।
राप्रपाका तीन अध्यक्षसहित आज बसेको बैठकले कोरोना महामारीका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
राप्रपाले जेठ २२–२५ सम्म काठमाडौंमा महाधिवेशन गर्ने जनाएको थियो। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने जनाइएको छ।
यस्तै पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय भएको राप्रपाले जनाएको छ।
कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेको राप्रपाले निष्कर्ष निकालेको छ।
कोरोना संक्रमित विरामीको उपचारमा पहल गर्न राप्रपाले सरकारलाई आग्रह गरेको छ।
कोभिड–१९ सँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपाले निर्देशन दिएको छ।
यो पनिः
राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई मत दिने राप्रपा नेताबीच समझदारी
प्रतिक्रिया