ad ad

राजनीति


मदन–आश्रित स्मृति दिवसमा ओली–नेपाल आरोपप्रत्यारोप

मदन–आश्रित स्मृति दिवसमा ओली–नेपाल आरोपप्रत्यारोप

नेपालखबर
जेठ ३, २०७८ सोमबार ३:४८,

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित रहस्यमय दासढुंगा दुर्घटनामा परी निधन भएको आज (जेठ ३ गते) २८ वर्ष पूरा भएको छ। अर्थात् आज उनीहरूको २८औं स्मृति दिवस हो।

यस अवसरमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टाछुट्टै प्रेस वक्तव्य जारी गरी मदन–आश्रितको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

साथै दुवै नेता (ओली–नेपाल) आफ्ना वक्तव्यमा एकअर्कालाई लक्ष्य गरी दोषारोपण गरेका छन्। दुवैले नाम भने उल्लेख गरेका छैनन्।

अध्यक्ष ओलीले नेता नेपाललाई समेत लक्ष्य गरी ‘कतिपय नेताको विभाजनकारी र अवसरवादी सोच’ले गर्दा नेकपा एकता बीचमै टुटेको आरोप लगाएका छन।

‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं। यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो,’ एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन।’

उता वरिष्ठ नेता माधवकुमार नेपालले पनि ‘यतिबेला एमालेको आन्तरिक जीवन अत्यन्तै संगीन परिस्थितमा पुगेको’ उल्लेख गर्दै ओलीलक्षित विभिन्न प्रश्न तेर्स्याएका छन्। 

‘यो बेला हामी माथि प्रश्न छ, के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धताअनुरूप अघि बढिरहेका छौं,’ नेता नेपालले वक्तव्यमा लेखेका छन्, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताका रूपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरिरहेका छौं?’

‘फेरि एकपटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ,’ उनले भनेका छन्, ‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौं । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।’

हेर्नुहोस्, एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जारी गरेको वक्तव्यको पूर्ण पाठ :

madan1

madan2

madan3

 

हेर्नुहोस्, माधव नेपालले जारी गरेको वक्तव्यको पूर्ण पाठ :

madhav22

madhav11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .