ad ad

राजनीति


विशेष अदालत भन्छ– चैत २३ सम्ममा विजय गच्छदार उपस्थित नभए फैसला

विशेष अदालत भन्छ– चैत २३ सम्ममा विजय गच्छदार उपस्थित नभए फैसला

नेपालखबर
चैत १, २०७७ आइतबार १०:४५,

विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विजय गच्छदारको घरमै पुगी बालुवाटारको ललितानिवासस्थित जग्गा प्रकरणका सम्बन्धमा म्याद टाँस गरेको छ।

विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता पुष्पराज पाण्डेयले उनको घरमा मान्छे फेला नपरेकाले घरको दैलोमा टाँस गरिएको बताए।

‘म्याद टाँस गरिएको मितिले १५ दिन भित्रमा आउनुपर्छ र बयान दिनुपर्छ,’ उनले भने, ‘थप १५ दिन थमौतिको म्याद गरेर ३० दिन भित्रमा उहाँ आएर बयान नदिए फैसला हुन्छ।’

अदालत कर्मचारीले सुनसरीस्थित उनको घरमा फागुन २३ गते म्याद टाँस गरेका हुन्।

ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्ष माघमा विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

त्यसमा पूर्वमन्त्रीहरु, उच्चअधिकारी लगायतलाई अभियुक्त बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .