ad ad

राजनीति


ओली–प्रचण्डको निर्देशनमा प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको भालुवाङ

ओली–प्रचण्डको निर्देशनमा प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको भालुवाङ

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ९:१५,

प्रदेश ५को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ।

शुक्रबार नै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गरेको थियो।

दाङको राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र, दाङकै गढवा गाउँपालिकाको केहि भाग र अर्घाखाँचीको शितगंगा नगरपालिकाका केहि स्थान समेत समेट्ने गरी राजधानी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको हो।

‘सो प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल हुनेछ,’ सो प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले नेपालखबरसँग भने।

शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साथै महासचिव विष्णु पौडेलबीच सो नाम र स्थानमा सहमति भई प्रदेश ५ को पार्टी कमिटीलाई परिपत्र समेत गरिएको थियो।

परिपत्र गरेको केही समयपछि प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर सो निर्णय गरेको हो ।

याे पनि: 
ओली–प्रचण्डको निर्देशनमा प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको भालुवाङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .