नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।
रातभर मतदान गरी आज बिहान साढे ५ बजे सकिएको हो।
९९७ प्रतिनिधिमध्ये ९७७ ले मतदान गरेको एमाले प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना आज दिउँसो १ बजे सुरु गर्ने तयारी छ।
एमाले कोशी प्रदेश कमिटी अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन्।
उपाध्यक्षमा टीकाराम चेम्जोङ र ४९ सदस्य भने निर्विरोध भइसकेका छन्।
सचिवमा शैलेश लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् भने उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी चुनावी मैदानमा छन्।
२१५ सदस्यीय प्रदेश कमिटी चयनका लागि भएको अधिवेशनअन्तर्गत अध्यक्षसहित १६६ जना चुन्न चुनाव गरिएको हो।
असोज १५, २०८०, साेमबार
93
Shares
प्रतिक्रिया