ad ad

राजनीति


सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता गर्न नेपाल पक्षलाई अल्टिमेटम, यस्ता छन् एमाले बैठकका ७ निर्णय

सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता गर्न नेपाल पक्षलाई अल्टिमेटम, यस्ता छन् एमाले बैठकका ७ निर्णय

नेपालखबर
असार १८, २०७८ शुक्रबार १९:३६,

नेकपा (एमाले) ले प्रतिनिधि सभा विघटनविरुद्ध तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका माधव नेपाल पक्षीय नेताहरुलाई सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएको छ। 

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटि बैठकले आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय भएको ठहर गरेको छ। 

बै​ठकले त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदहरूलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्नुका साथै ‘यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्ने’ जनाएको छ।

यस्ता छन् निर्णयहरु : 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .