ad ad

राजनीति


पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

नेपालखबर
मंसिर १९, २०८० मंगलबार ११:३१, महोत्तरी

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार बिहान महोत्तरीको बर्दिबास पुगेका छन्।

आजदेखि बर्दिबास–४ माइस्थानमा हुन लागेको माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्गर्ततको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी हुन प्रचण्ड महोत्तरी पुगेका हुन्। 

माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लीलामणि पोखरेलका अनुसार अध्यक्ष प्रचण्डले बैठकमा सम्बोधन गर्नेछन्।

कार्यक्रममा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रुपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा हुनेछ। 

प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिने पोखरेलले बताए। 

अध्यक्ष प्रचण्ड आजै दिउँसो महोत्तरीको गौशाला–५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। 

प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुने कार्यक्रम छ। 

सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्कने उनको सचिवालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .