ad ad

राजनीति


बारा पुगेर माधव नेपालले भने : संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ

बारा पुगेर माधव नेपालले भने : संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ

बारामा उपेन्द्र यादवसँग माधव नेपाल। तस्बिर : उपेन्द्र यादवको सचिवालय


नेपालखबर
चैत २३, २०७९ बिहिबार १३:२६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन्। 

जसपा अध्यक्ष एवम् बारा क्षेत्र नं. २ मा प्रतिधिनिसभा सदस्यका उम्मेदवार यादवको निर्वाचन क्षेत्र पुगेका नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता औँल्याएका हुन्। 

बाराको क्षेत्र नं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए। 

बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटमा नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका हुन्। 

नेता नेपालले भने,‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई विजयी गराउन पार्टी पंक्ति र सिंगो बाराबासीलाई आग्रह गर्दछु।’ 

नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे। 

अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग पनि भेट गरेका थिए। भेटका क्रममा मधेश सरकारका गतिविधि र बाराको चुनावी अभियानबारे छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .