ad ad

राजनीति


गण्डकीका अर्थमन्त्री  बरालले गरे मतदान

गण्डकीका अर्थमन्त्री  बरालले गरे मतदान

मतदान गर्दै गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल।


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:३७, पाेखरा

कास्की क्षेत्र नम्बर ३ का लागि ५ दलीय गठबन्धनका साझा उम्मेदवार तथा गण्डकीका बहालवाला अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा २२ को महेश्वरी मावि केन्द्रबाट मतदान गरेका छन्।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्रीसमेत रहेका उम्मेदवार बरालले आइतबार बिहान ७ बजे महेश्वरी माविको ग मतदान केन्द्रमा मतदान गरेका हुन्।

पोखरा २२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन भने जसमा ६ हजार ८ सय ४ जना मतदाता छन्। 

यस अघि २०७४ सालको निर्वाचनमा उनले आफ्नो मत आफैलाई राख्न पाएका थिएनन्। वाम गठबन्धनबाट उम्मेदवार भएका बरालले २०७४ मा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट विजयी भएका थिए।

यसपालि बरालसँग नेकपा एमालेका नेता दामोदर बैरागीसँग मुख्य गरी चुनावी प्रतिस्पर्धा हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .