ad ad

राजनीति


इलाम २ को परिणाम घोषणा हुनै लाग्दा हस्ताक्षरबिनाका मतपत्रले विवाद, स्थिति तनावग्रस्त

इलाम २ को परिणाम घोषणा हुनै लाग्दा हस्ताक्षरबिनाका मतपत्रले विवाद, स्थिति तनावग्रस्त

मतगणनास्थलमा जम्मा भएका सर्वसाधारण


नेपालखबर
मंसिर १०, २०७९ शनिबार १७:४८, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजय नजिक पुगेका छन्। तर अन्तिम परिणाम घोषणा तयारी भइरहेका बेला विवाद भएको छ।

मतदान अधिकृतले हस्ताक्षर नगरेका ४० मत भेटिएपछि त्यहाँ विवाद भएको हो। अहिले त्यहाँ कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको छ। 

पछिल्लो परिणामअनुसार इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ २९ हजार १३५ मत  ल्याएर अग्र स्थानमा छन्। 

उता सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का २९ हजार ५ मतसहित दोस्रो स्थानमा छन्। 

एउटा मात्रै वडाको मतगणना बाँकी हुँदा नेम्वाङ १३० मतले अघि थिए। तर उक्त वडाको पनि मत गनेर सकिँदा नेम्वाङ ३७ मतले विजयी भएको बताइएको छ। तर यसको विवादका कारण हुन सकेको छैन। 

पूर्वसभामुख समेत रहेका उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुबाटै कडा टक्कर दिएका थिए।

सुरुबाटै अघि पछि चल्दै आइरहेको अवस्थामा अन्तिममा नेम्वाङले ३७ मतको झिनो अन्तरमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएका हुन्।

तर नेम्वाङ विजयी भएको घोषणा नहुँदै त्यहाँ कांग्रेस कार्यकर्ताहरुले हस्ताक्षरबिनाका मतपत्रलाई लिएर नाराबाजी गरेका छन्।

मतगणनास्थलबाहिर जम्मा भएका सयौँ कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .