ad ad

राजनीति


ललितपुर–२ को मतगणना अन्तिम चरणमा, भारी मतान्तरले एमाले अगाडि

ललितपुर–२ को मतगणना अन्तिम चरणमा, भारी मतान्तरले एमाले अगाडि

एमाले उम्मेदवार प्रेमबहादुर महर्जन।


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:२८, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर २ मा अहिलेसम्म ३७ हजार ९ सय १४ मत गणना भएको छ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले दिएको पछिल्लो जानकारी अनुसार अहिले साँझ साढे ७ बजेसम्ममा सो मत गणना भएको हो।

जसमा नेकपा एमालेले अग्रता जारी राखेको छ। सूर्य चिन्ह लिएका प्रेमबहादुर महर्जनले १०३०३ मत ल्याएका छन्। यस्तै लौरो चिन्ह लिएका सुदिन शाक्यले ७ हजार ८ सय ८४ मत पाएका छन्।

ललितपुर २ मा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले ६०६८ मत ल्याएको छ। यसैगरी निवर्तमान सांसद समेत रहेका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ६४८६ मत पाएका छन्।

अब सो क्षेत्रको झण्डै १२ हजार मत मात्र गणना गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .