ad ad

राजनीति


प्रधानमन्त्रीले संसदमा बोल्ने होइन, जवाफ दिने होः देउवा

प्रधानमन्त्रीले संसदमा बोल्ने होइन, जवाफ दिने होः देउवा

नेपालखबर
असार ३, २०७६ मंगलबार ८:४४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे।

उनले भने, ‘प्रधानमन्त्रीले बोल्ने होइन। जवाफ दिने हो। पहिले बोलिसकेपछि के बोल्ने मैले? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज। जहाँपनि विपक्षीले पहिले बोल्ने हो। जवाफ प्रधानमन्त्रीले दिने हो। सुरुमा कहाँ बोल्छन्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .