ad ad

राजनीति


भारतीय गृहमन्त्रीलाई पाकिस्तानी सेनाको जवाफः क्रिकेट म्याच र आक्रमण एकै होइनन्

भारतीय गृहमन्त्रीलाई पाकिस्तानी सेनाको जवाफः क्रिकेट म्याच र आक्रमण एकै होइनन्

एजेन्सी
असार ३, २०७६ मंगलबार ८:४०,

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भारतीय गृहमन्त्री अमित शाहको टिप्पणीमा प्रतिक्रिया जनाएका छन्।

केहीदिन अगाडि भारतले पाकिस्तानलाई विश्वकप क्रिकेटमा पराजित गरेको थियो।

त्यसबेला अमित शाहले ट्वीटरमा भनेका थिए,‘टिम इन्डियाको तर्फबाट पाकिस्तानमाथि अर्को आक्रमण र नतीजा त्यही। यो शानदार प्रदर्शनको लागि पुरा टोलीलाई बधाई। भारतीय यो ठूलो जितमा गर्व गर्दछ।’

शाहले क्रिकेटको जितमार्फत् गत फेब्रुअरीमा भएको आक्रमणलाई सांकेतिक रुपमा उदाहरण दिन खोजेका थिए।

यसवर्षको फेब्रुअरी १४ मा पाकिस्तानी भूमिबाट आतंकवादी गतिविधिमा सक्रिय समूह जैस–ए–मोहम्मदले भारतीय सेना लक्षित आत्मघाती बम विस्फोटन गराउँदा ४० भन्दा बढी सेनाको मृत्यु भएको थियो।

त्यसको प्रतिक्रिया स्वरुप भारतीय युद्धक विमान पाकिस्तानी भूमिमा पसेर आक्रमणगर्दा ३ सयभन्दा बढी आतंकवादीको मृत्यु भएको भारतको दाबी छ। त्यसबेला पनि भारतले जितेको क्रिकेटमा पनि भारतले जित्यो भनेर शाहले बताएका हुन्।

यद्यपी पाकिस्तानले यो विषय अस्वीकार गर्दै आएको छ। पाकिस्तान आफ्नो भूमिमा कुनै आतंकवादी संस्था भएको स्वीकार गर्दैन।

गफुरले के भने?

जब भारतीय पक्षले पाकिस्तानी भूमिमा पसेर आक्रमण गरेको दाबी गरिररहेको थियो।

सो क्रममा फेब्रुअरी २७ मा पाकिस्तानी भूमि छिर्न खोज्ने एक युद्धक विमानलाई पाकिस्तानले आक्रमण गरेर खसाएको थियो। त्यसबेला कमान्डर अभिनन्दन पाकिस्तानी नियन्त्रणमा थिए। पछि पाकिस्तानले उनलाई रिहा गरेको थियो।

पाकिस्तानी सेनाका प्रवक्त आसिफ गफुरले भारतीय गृहमन्त्रीलाई ट्वीटमार्फत् नै जवाफ दिँदै भनेका छन्,‘क्रिकेट म्याच र हवाई आक्रमण एकै विषय होइनन्।’

उनका अनुसार भारतले क्रिकेट जित्नुको कारण उनीहरुको राम्रो प्रदर्शन हो। गफुरले भने,‘डियर अमित शाह, तपाइको टोलीले राम्रो खेलेर जितेको हो। दुवै अगल हुन् र यिनीहरुको तुलना हुँदैन। आक्रमण र खेल अगल विषय हुन्। यदी तपाइलाई शंका छ भने २७ फेब्रुअरी सम्झनुहोस्। हामीले दुई भारतीय विमान खसाएका थियौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .