सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गरेका छन्।
संघीय संसद भवनमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत ससदीय नजिर बसाल्न खोजेको बताएका हुन्। प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उनको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी नेपालले गरे।
उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो। प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ। त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्र्दभमा बोल्न पाउनुपर्छ। सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ।’
प्रतिक्रिया