ad ad

राजनीति


संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

नेपालखबर
असार ३, २०७६ मंगलबार ८:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलनमा आयोजना गर्ने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार साँझ ५ बजे सिंहदरबारमा आयोजना हुने पत्रकार सम्मेलनमा उनले सार्वजनिक महत्वका विषयहरुमा सम्बोधन गर्ने बताएका हुन्।

‘सम्मानीय प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक महत्वका विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै हुनुहुन्छ’, अर्यालले ट्विटमा भनेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको थियो। प्रधानमन्त्री ओलीभन्दा पहिले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्न पाउनुपर्ने माग गरेका थिए। सो माग पूरा नभएपछि कांग्रेसले बैठक अवरोध गरेको थियो। त्यसलगत्तै सभामुख कृष्णबहादुर महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण, गुठी विधेयकलगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकले धर्मसंस्कृति मास्ने भन्दै विरोध भएको छ। भोलि विधेयकको विरोधमा बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .