ad ad

राजनीति


उत्तर कोरियामा सि चिनफिङको पहिलो औपचारिक भ्रमण, के छन् एजेन्डा?

उत्तर कोरियामा सि चिनफिङको पहिलो औपचारिक भ्रमण, के छन् एजेन्डा?

एससीएमपी
असार ३, २०७६ मंगलबार ७:३४,

चिनियाँ राष्ट्रपति सि चिनफिङले यसैहप्ता उत्तर कोरियाको औपचारिक भ्रमण गर्दैछन्।

सि दुई दिने भ्रमणका लागि बिहीबार उत्तर कोरिया जानेछन्। चिनियाँ राष्ट्रपति सि उत्तर कोरियाली भ्रमणमा पहिलोपटक जान लागेका हुन्।

चिनियाँ संचार माध्यमका अनुसार सिको यस भ्रमणले चीन र उत्तर कोरियाबीच आर्थिक सम्बन्धमा पुनः सुधार आउने छ।

पिपुल्स डेलीले सि भ्रमणको मुख्य उदेश्य द्वीपक्षिय आर्थिक सम्बन्धलाई पुनस्र्थापन गर्नु रहेको जनाएको छ।

‘द्वीपक्षिय आर्थिक र व्यापारीक विषय मुख्य हुनेछन्’ सांघाइस्थित फुदान विश्वविद्यालयको कोरियन स्टडिज सेन्टरका निर्देशक जेङ जियोङले भने,‘द्वीपक्षिय शिक्षा, शिक्षण सहकार्य तथा सांस्कृतिक पर्यटनको विषयमा दुवै नेताले विशिष्ट रुपमा छलफल गर्नेछन्।’

Image result for kim and trump

उनका अनुसार उत्तर कोरियाले आफ्नो अर्थतन्त्रलाई सुधार गर्न पाइला चालिसकेको छ। उत्तर कोरिया चिनियाँ औद्योगिक उत्पादनको योजनालाई प्रयोग गर्दै आफ्ना लागि सामाग्री उत्पादन गर्न चाहन्छ।

आगामी जुन २८ मा हुने जी२० सम्मेलन अगाडि सि उत्तर कोरिया जान लागेका हुन्। हाल चीन र अमेरिका व्यापार युद्धमा होमिएका छन्। सि भ्रमणमा जान लागेको उत्तर कोरियामाथि अमेरिकी साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ।

गत फेब्रुअरी महिनामा अमेरिका र उत्तर कोरियाबीच अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सम्बन्धमा भएको छलफल निश्कर्ष विहीन भएको थियो।

चीन र अमेरिकाबीच व्यापार युद्ध जारीका बेला तथा उत्तर कोरियामाथिको अमेरिकी प्रतिबन्ध कायम रहेका बेलामा सिको उत्तर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

चीनले गतवर्षको जुलाईमा संयुक्त राष्ट्रसंघको दबाबमा उत्तरमाथि कोइला लगायतका सामाग्री निर्यातमा प्रतिबन्ध लगाएको थियो। तर पनि चीनले उत्तर कोरियामा गोप्य ढंगबाट विभिन्न सामाग्री निर्यात गरिरहेको अमेरिकी आरोप छ।

हालै सिंगापुरमा भएको एक छलफलमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रमुख प्याट्रिक सानहानले चिनियाँ तथा उत्तर कोरियाली जहाजबीच कारोबार भइरहेको स्याटेलाइट फोटो देखाएका थिए।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धमा उत्तर कोरियामा विदेशी पर्यटकलाई जान नदिने र सिप भएका विशेष व्यक्ति त्यहाँ जान नपाउने उल्लेख छ।

तर चीन र उत्तर कोरियाबीच यसपटक पर्यटनको विषयमा महत्वपूर्ण सम्झौता हुने चिनियाँ संचारमाध्यमले जनाएका छन्। यसबाहेक चीनले आफ्नो छिमेकी राष्ट्र उत्तर कोरियालाई ठूलो सहयोग गर्ने अपेक्षा राखिएको छ।

Related image

उत्तर कोरियाली नेता किमले आफ्नो राष्ट्रमा ‘पर्यटन क्षेत्र’लाई विकास गर्नेबारेमा अभिव्यक्ति दिँदै आएका छन्। साम्जियोन र वोनसान–कल्मा क्षेत्रमा किमले लगानी खोजीरहेको बताइएको छ।

दक्षिण कोरियास्थित उत्तर कोरियाली अध्ययन संस्था योनसेइ इन्स्टिच्युटका प्राध्यापक बु सुङ–चानका अनुसार उत्तर कोरियाका लागि वैदेशीक राजस्व संकलन गर्ने क्षेत्र भनेकै पर्यटन हो। यसमा चीनले मुख्य भूमिका निभाउनसक्छ।

गत अप्रिल महिनामा चीनले सिप भएका मानिसहरु दुई देशबीच आदान प्रदान हुनसक्ने संकेत गरेका थिए। यो राष्ट्रसंघको प्रतिबन्ध विपरित हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ राष्ट्रपतिको उत्तर भ्रमणपछि कुनै द्विविधा बिना चीनले उत्तरलाई आर्थिक सहायता प्रदान गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .