राजनीति


जेपी नड्डा बने भाजपाका कार्यकारी अध्यक्ष

जेपी नड्डा बने भाजपाका कार्यकारी अध्यक्ष

एजेन्सी
असार ३, २०७६ मंगलबार ७:१५,

भारतीय जनता पार्टीका वरिष्ठ नेता जेपी नड्डा पार्टीका कार्यकारी अध्यक्ष बनेका छन्।

सोमबार राति बसेको भाजपा संसदीय समितिको वैठकले नड्डालाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो।

अमित शाह नरेन्द्र मोदीको मन्त्रिमण्डलमा प्रवेश गरेसँग नड्डा कार्यकारी अध्यक्ष बनेका हुन्।

यद्यपी शाह पार्टीको अध्यक्ष कायम रहने जनाइएको छ।

Image result for amit shah

शाह

भाजपाका शीर्ष नेता तथा भारतका रक्षामन्त्री राजनाथ सिंहले भने,‘भाजपाले अमित शाहको नेतृत्वका धेरै निर्वाचन जितेको छ। तर प्रधानमन्त्रीले उहाँलाई गृहमन्त्रालय सम्हाल्न लगाएपछि शाह आफैले पार्टीको नेतृत्व अन्यलाई दिनुपर्ने बताएका थिए। त्यसैले भाजपाको संसदीय समितिले जेपी नड्डालाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ।’

शाह मन्त्रिपरिषदमा सामेल भएसँगै उनले कार्यकारी अध्यक्ष छाड्ने अनुमान गरिएको थियो। सन् २०१४ मा समेत राजनाथ सिंह गृहमन्त्री बनेपछि उनले कार्यकारी अध्यक्षको पद छाडेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .