ad ad

राजनीति


ओलीका कारण देउवाले बोल्न पाएनन्, देउवाले पनि ओलीलाई बोल्न दिएनन्

ओलीका कारण देउवाले बोल्न पाएनन्, देउवाले पनि ओलीलाई बोल्न दिएनन्

नेपालखबर
असार ३, २०७६ मंगलबार ६:५९,

प्रतिनधि सभाको बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा दुबैको योजना असफल भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण, गुठी विधेयक लगायत समसामयिक विषयमा प्रधानमन्त्री ओलीले बोल्ने कार्यक्रम थियो।

युरोप भ्रमणपछि प्रतिनिधि सभाको बैठकमा पहिलो पटक उपस्थित हुन लागेकाले कांग्रेसले पनि संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनुपर्ने माग गरेको थियो।

कांग्रेसको मागमा सुरुमा सभामुख कृष्णबहादुर महराले सहमति जनाएका थिए। तर, आफूले सम्बोधन गर्ने समय लिइसकेको भन्दै प्रम ओली त्यसमा सहमत भएनन्त्यही कारण विहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो हुनपुग्यो। तर, सहमति हुन सकेन।

‘सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई बोल्न दिन्छु भन्नुभएको थियो’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘तर, ओलीले अस्वीकार गरेपछि सभामुख महराले आफ्नो बचन पालना गर्न सक्नु भएन।’

खाँडको दावी अनुसार, प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने औपचारिक जानकारी प्रमुख प्रतिपक्षी दललाई थिएन।

‘समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोल्न पाउनुपर्छ भन्ने माग गरेका थियौँ’ खाँडले नेपालखबरसँग भने, ‘प्रम ओलीले बोल्ने कुराको जानकारी हामीलाई थिएन।’

प्रमुख प्रतिपक्षले समय मागेपछि सभामुख महराले देउवालाई सुरुमा बोल्न दिने, त्यसपछि १० मिनेटका लागि संसद स्थगित गरेर प्रम ओलीलाई बोल्न दिने बचन दिएका थिए।

तर, यसमा पनि प्रधानमन्त्री ओली असहमत देखिए। सभामुखसँग पहिले आफूले समय मागेकाले आफूले पहिले बोल्न पाउनुपर्ने प्रम ओलीको दावी थियो।

तर, देउवालाई पहिले बोल्न दिन प्रम ओलीले नमानेपछि संसद अवरुद्ध गरेर नेपाली कांग्रेसले पनि ओलीको पहिले बोल्ने योजनालाई असफल बनाइछाड्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .