राजनीति

Tata MotorsTata Motors

प्रधानमन्त्री बोल्न खोज्दा कांग्रेसद्वारा सदन अवरुद्ध

सदन अवरूद्ध गर्दै नेपाली कांग्रेसका सांसदहरू


नेपालखबर
काठमाडौं, असार ३

प्रधानमन्त्री केपी शर्मा ओली बोल्न कार्यक्रम निश्चित भइसकेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणसहितका विषयमा संसदलाइ जानकारी गराउने कार्यक्रम थियो।

प्रधानमन्त्री संसदमा बोल्न रोस्टममा पुग्नासाथ प्रतिपक्षी सांसदले विरोध गरेका थिए। त्यसपछि उनी फर्किए।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरूलाइ बारम्बार आफ्नो सिटमा बस्न आग्रह गरेका थिए।

सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले बुधबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

प्रम अगाडि देउवाले बोल्न पाउनु पर्ने माग

प्रम ओलीले बोल्नु अघि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो। विहान ११ बजे बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्षी दलको यस्तो माग पछि समयमै सुरू हुन सकेन। कार्यव्यवस्था समितिको बैठकमा को पहिला बोल्ने भन्न्रे विषयमा  सत्तापक्ष–प्रतिपक्षबीच वार्ता भएको थियो। दुवैबीच कुनै सहमति हुन नसकेपछि संसदको बैठक सुरु त भयो, तर कांग्रेसका सांसदहरुले नारावाजीका साथ सदन अवरुद्ध सुरु गरे।

असार ३, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors