ad ad

राजनीति


ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु

ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु

नेपालखबर
असोज ८, २०७६ बुधबार ७:४८,

ट्रम्पको महाभियोग मामिलासँग उनका प्रतिद्वन्द्वी जोइ बिडेन जोडिएका छन्। बिडेन आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीबाट उमेदवार बन्न सक्छन्। साथै महाअभियोगको विषयसँग युक्रेन पनि मुछिएको छ।

प्रतिस्पर्धी जोइ बिडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको दाबी छानविन गराउन राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप लागेको छ।

यस आरोपका बीच अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भएको घोषणा गरेकी छिन्।

ट्रम्पले भने आरोपको खण्डन गरेका छन्।

महाभियोगसम्म पुग्नुको जड के हो?

यसको मुख्य कारण हो एक फोन कल। ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई यसै वर्षको जुलाई २५ मा फोन गरेका थिए।

गतहप्ता अमेरिकी अनुसन्धान अधिकारीहरुले ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेको सरकारी अधिकारीलाई बताए। पछि थाहा भयो विदेशी नेता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की थिए।

Image result for biden and his son

बिडेन र उनका छोरा

इन्टलिजेन्स इन्स्पेक्टर जनरलले अनुसन्धान अधिकारीहरुको गुनासोलाई तत्काल ध्यानमा लिन योग्य सम्झिएर विश्वसनीय मान्यो।

डेमोक्रेटिक पार्टीका सांसदहरुले उक्त गुनासोको प्रतिलिपि संसदमा राख्न माग गरेका थिए। तर ह्वाइट हाउस र न्याय विभागले त्यसलाई अस्वीकार गरिदियो।

ट्रम्प र जेलेन्स्कीबीच के कुराकानी भयो त्यो स्पष्ट हुन सकेको छैन। यद्यपी डेमोक्रेटिक पार्टीले ट्रम्पले युक्रेनका राष्ट्रपति जोइ बिडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको आरोप अनुसन्धान गर्न दबाब दिएको जनाएका छन्। त्यसो नगरे ट्रम्पले अमेरिकाले युक्रेनलाई गर्दै आएको सैन्य मद्दत रोक्ने धम्की दिएको डेमोक्रेटिक पार्टीको आरोप रहेको छ।

ट्रम्पले आफूले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग जोइ बिडेनको विषयमा कुराकानी गरेको स्वीकारेका छन्। उनले सैन्य मद्दत रोक्ने धम्की दिएको बताउँदै आफूले युरोपले अमेरिकालाई सहयोग गर्नुपर्छ भन्ने हिसाबले त्यसो भनेको बताएका छन्।

जोइ बिडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको आरोपबारे छानबिन गर्न युक्रेनका राष्ट्रपतिसँग छलफल गरेको विषयलाई भने ट्रम्पले अस्वीकार गरेका छन्।

अमेरिकी संविधानका अनुसार देशद्रोह, भ्रष्टाचार र अन्य गम्भीर अपराधको आरोप लागे राष्ट्रपतिमाथि महाभियोग लगाउने प्रक्रिया सुरु हुन्छ।

अमेरिकामा महाभियोग प्रक्रिया प्रतिनिधि सभादेखि सुरु हुन्छ यसलाई पार गर्न सामान्य बहुमत चाहिन्छ।

यसमाथि सिनेटमा सुनुवाई हुन्छ यहाँ महाअभियोगको मन्जुरी दिन दुई तिहाई बहुमतको जरुरी पर्छ।

अमेरिकी इतिहासमा अहिलेसम्म कुनै राष्ट्रपतिलाई महाभियोगबाट हटाउन सकिएको छैन।

Image result for pelosi

पेलोसी

सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले ’उनको संवैधानिक जिम्मेवारी’ अवज्ञा गरेको बताएकी छिन्।

पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ।

घोषणामा उनले छवटा अन्य समितिले ट्रम्पविरुद्ध अरू विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धान अन्तर्गत जारी रहने उल्लेख गरेकी छन्।

महाभियोगको पक्षमा विपक्षी डेमक्र्याटहरूको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

ट्रम्पले विपक्षी दलले दुराशय राखेर नै संयुक्त राष्ट्रसङ्घको उनको भ्रमण प्रभावित पार्न खोजेको आरोप लगाएका छन्। बीबीसी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .