ad ad

राजनीति


नेकपा (मसाल) काे ३ नं प्रदेश प्रवक्तामा समिर सिंह

नेकपा (मसाल) काे ३ नं प्रदेश प्रवक्तामा समिर सिंह

नेपालखबर
असार २, २०७६ सोमबार १५:१३,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले ३ न. प्रदेश ब्यूरो प्रवक्तामा समिर सिंहलाई चयन गरेको छ।

मसालको केन्द्रीय कार्यालयको बैठकले प्रदेश ब्यूरोसहित केही जिल्ला प्रवक्ता चयन गरेको महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा जनाइएको छ।

यस्तै, मसालले काठमाडौं लगायत केही जिल्लाहरुका प्रवक्ता पनि चयन गरेको छ। जिल्ला प्रवक्ताहरूमा काठमाडौं– जगत रेग्मी, अर्घाखाँची– पशुपति ढकाल, चितवन– मेघराज ढकाल, कालिकोट– देवजङ्ग शाही र दैलेखमा– सुरत रावल चयन भएका छन्।

मसालको ३ नं प्रदेश ब्यूरो प्रवक्ता चयन भएका समिर सिंह महामन्त्री मोहनविक्रम सिंहका छोरा हुन्।

प्रगतिशील लेखक संघका महासचिव तथा अखिल नेपाल बुद्धिजिवी संगठनका सचिवसमेत रहेका सिंह दर्शनशास्त्रमा विशेष दख्खल राख्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .