राजनीति

Tata MotorsTata Motors

सरकारले कामदारका हातमा बेल्चा दिएर मकै गोड्न लगायोः सांसद विश्वकर्मा

नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा


नेपालखबर
काठमाडौं, असार २

नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण गर्नेभन्दा कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैया कायम गर्न गर्न प्रस्ताव पेश गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्र्तगतको छलफलमा सहभागी हुदै उनले आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन्। चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैया खर्च गरेको भन्दै उनले बजेटको दुरुपयोग रोक्न माग गरे। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठुला मन्त्रालयहरु मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै उनले औचित्यहीन खर्च घटाउन माग गरे।

‘यो गर्मीमा कामदारलाई हेलमेट, ज्याकेट र बुट लगाईदिएछ। हातमा काम गर्ने औजार चाँही बेल्चा दिएछ। काम के लगाएछ भन्दा मकै गोड्न। यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरीकुरी लागेन होला’, उनले भने।

मकै गोड्ने, नाली सफा गर्ने , झार उखेल्ने, सडकको गाई धपाउने, स्कुलका आँगन बडार्ने लगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा आम नेपाली जनताले सरकारलाई कुरीकुरी गरिरहेको उनको दावी थियो। ‘म प्रतिपक्षी भएर होइन आम नेपाली जनताले कुरीकुरी गरिरहेका छन् सरकारलाई’, उनले भने।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमुलक नभई पर्व र उत्साहको रुपमा मनाईएको आरोप लगाए।

उनले भने, ‘बेल्चाले मकै गोडेको मलाई थाहा छैन बरु हलोले जोत्नेसम्म देखेको छु। बेल्चाले मकै गोड्दा भएको बाली पनि नष्ट गर्ने काम भएको छ।’

प्रधनमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक वर्षमा सरकारले ५ लाख बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने भनेको छ।

औद्योगिक लगानीको वातावरणको सृजना नभएको, खर्च बाड्ने र रमाउने काम भएको ,पर्यटनको नाममा नेता र कार्यकर्ता पिकनिक जाने काम भएको भन्दै उनले खर्च कटौति गर्न माग गरे। उनले आगामी वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमा निर्यातमा अनुदान दिनुपर्नेमा शीर्षक नै उल्लेख नभएको तथा खाद्यवस्तुको ढुवानीमा भ्याट लागेकाले खाद्यान्नको मूल्य बढेको बताए। चालु खर्च अत्यन्तै बढी र औद्योगिक वातावरण श्रृजनाका लागि बजेट नछुटयाईएको तथा गैर वित्तीय क्षेत्रलाई अनुदान दिने लगायत कामले अर्थतन्त्रलाई नोक्सान पुर्याउने तर्क उनले गरे।

सांसद विश्वकर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए।

असार २, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors