ad ad

राजनीति


पोखरेलतर्फ संकेत गर्दै प्रचण्डले भनेः पार्टीको कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्युज’ भइरहेछन्

पोखरेलतर्फ संकेत गर्दै प्रचण्डले भनेः पार्टीको कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्युज’ भइरहेछन्

नेपालखबर
असार २, २०७६ सोमबार ६:५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिक कार्यक्रम बहुदलीय जनवाद नभई जनताको जनवाद भएको बताएका छन्।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच जनताको जनवादका विषयमा सहमति भएको र यही नै पार्टीको कार्यक्रम भएको दावी गरे।

सचिवालय सदस्य ईश्वर पोखरेलले एकतापछि पनि पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नै भएको दवी गर्दै आएका थिए। उनले एकतापछि पूर्व एमालेले लिएको कार्यक्रममा कुनै भिन्नता नआएको भन्दै बहुदलीय जनवाद नै पार्टीको कार्यक्रम भएको बताउँदै आएका थिए।

अध्यक्ष प्रचण्डले नेता पोखरेलतर्फ संकेत गर्दै ‘जनताको जनवाद’ बुझ्न नसकेर कन्फ्युज भइरहेको बताए। ‘पार्टीको कार्यक्रम जनताको जनवाद होइन भन्नेहरु पार्टीको कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्युज’ भइरहेछन्’, उनले भने, ‘कसैलुे बुझे पनि नबुझे पनि पार्टी यही कार्यक्रमका साथ अगाडि बढ्छ। दुई अध्यक्षका बीचमा यही सहमति भएको हो।’

उनले पार्टी एकता सिद्धान्तहीन ढंगले नगरेको दावी गरे। माक्सवादकै पथप्रदर्शनमा समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ भएको दावी गरे।

‘जनताको जनवादको कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासतिर लैजाने प्रस्ट लक्ष्यका साथ हामीले पार्टी एकता गरेका छौँ’, अध्ययक्ष प्रचण्डले भने, ‘कतिपयले यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज हुनसक्ने पनि हुन्छ।’

उनले महाधिवेशनसम्म यही कार्यक्रम लिएर जाने र महाधिवेशनबाट पार्टीको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने बताए। उनले तत्कालिन एमाले र माओवादीले लिएका कार्यक्रमको मूल्यांकन गर्दै परिमार्जनसहित नयाँ कार्यक्रम बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए।

एकताका क्रममा भएका सहमतिलाई इमान्दारितापूर्वक पालना गर्दै एकताका बाँकी काम सम्पन्न गर्दै महाधिवेशनमा जानुपर्ने उनको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .