ad ad

राजनीति


सरकारको दोहोरो चरित्र स्वीकार्य हुँदैनः कांग्रेस

सरकारको दोहोरो चरित्र स्वीकार्य हुँदैनः कांग्रेस

नेपालखबर
असार २, २०७६ सोमबार ५:४३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसंग माग गरेका हुन्। उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गरे। गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सृजना हुन सक्नेतर्फ समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनेतर्फ पनि उनले सचेत गराए।

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ भन्ने ‘र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिदै आएको भन्दै उनले ‘कुटे जस्तो र रोए जस्तो ’सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता लिन माग गरे।

सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्षमण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .