ad ad

राजनीति


बीपी कोइराला सच्चा राष्ट्रवादी नेताः प्रधान

बीपी कोइराला सच्चा राष्ट्रवादी नेताः प्रधान

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ६:२९,

पूर्वमन्त्री एवं कांग्रेस का सांसद भीमसेनदास प्रधानले बीपी कोइराला राष्ट्रवादी व्यक्तित्व भएको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता प्रधानले स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताए। ‘मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट देशले पाठ सिक्नुपर्छ’, उनले भने। पूर्वरक्षामन्त्री प्रधानले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताए।

दुईतिहाइको सरकारले जनताको इच्छा र चाहनाबमोजिम काम गर्न नसकेको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेसभित्र जनतामा भन्दा पनि नेतामा जागरण अभियान आवश्यक रहेको बताए।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जिल्ला, प्रदेश र वडामा पार्टीको संगठनलाई ऊर्जाशील बनाउन जागरण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘कार्यकर्ता नेतासँग भन्दा पनि नेता कार्यकर्तासम्म पुग्ने वातावरण निर्माण नगरेसम्म कांग्रेस बलियो हुन सक्दैन’, उनले भने।

पार्टीको तर्फबाट जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि दयाराम पाण्डेले वडा र गाउँमा कांग्रैस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताए। कांग्रेसको सिंगो संगठनलाई बलियो बनाउन जागरण अभियानले सहयोग पुग्ने उनको भनाइ थियो।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बीपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले बीपी कोइरालालाई सिंगो देशले सम्झनुपर्ने बताइन्। नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति ख्यामराज तिवारी, कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का सचिव गणेश रिजाललगायतले बीपी कोइरालालाई एक दिनमात्र सम्झना गरेर नपुग्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .