राजनीति

Tata MotorsTata Motors

गुठी विधेयक स्थगित गरौँः योगेश भट्टराई

योगेश भट्टराई


नेपालखबर
काठमाडौं, असार १

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  युवा नेता तथा सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराई यस्तो प्रस्ताव गरेका हुन्।

उनले सत्तापक्षले गुठी विधेयक सम्बन्धित पक्षलाई बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्ने कोशिस नै नगरेको बताएका छन्।

केही गलत पक्षले गुठी विधेयकको आन्दोलनमार्फत साम्प्रदायिक सद्भावमाथि धावा बोल्न खोजेको उनको आरोप छ।

‘बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन्’, सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘आगोमा रोटी सेक्न अवान्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले। प्रधानमन्त्री स्वदेश फर्कनु भयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू।’

आठ दिने युरोप भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याउन सकिने बताएका थिए।

पधानमन्त्रीको भनाइ आएको केही समयमा नै भट्टराईले यस्तो प्रस्ताव राखेका हुन्।

 

असार १, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors