नेपाल भारत प्रबुद्ध समूह(इपीजी)का भारततर्फका संयोजक भगतसिंह कोसियारी महाराष्ट्र राज्यका राज्यपाल नियुक्त भएका छन्। नरेन्द्र मोदी सरकारले उनलाई सो नियुक्ति दिएको हो।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित नेपाल-भारत सम्बन्धका सबै विषममा सुझाव दिनका गठन गरिएको समूहमा उनले भारतीय पक्षको नेतृत्व गरेका थिए। उनी सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)का बरिष्ठ नेता हुन्।
एक वर्षअघि नै इपिजीको प्रतिवेदन तयार भए पनि हालसम्म प्रतिवेदन बुझाउन सकिएको छैन। कोसियारीले प्रतिवेदन बुझाउन निरन्तर रुपमा पहल गर्दै आएका थिए। इपिजीले दिएको सुझावमा असन्तुष्टि रहेको कारण भारतीय पक्षले प्रतिवेदन बुझ्न ढिलाइ भएको समाचारहरु आइरहँदा उनको नियुक्ति भएको हो।
आठ सदस्यीय इपीजीमा नेपालतर्फको दुई सदस्यले सरकारी नियुक्त पाएका छन्। भारततर्फबाट नियुक्त पाउने कोसियारी पहिलो व्यक्ति हुन्। नीलम्बर आचार्य भारतका लागि नेपाली राजदूत भएका भएका छन् भने राजन भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार बनेका छन्।
भारतबाट इपिजीका सदस्य रहेका बिसी उप्रेतीको निधन भइसकेको छ।
कोसियारीसँगै भारत सरकारले हिमाञ्चल राज्यका राज्यपाल कमराज मिश्रलाई राजस्थान सुरुवा गर्दै राज्यपालमा नियुक्त गरेको छ। त्यसैगरी हिमालञ्चल बन्दारु दत्तात्रेय, केरालामा अरिफ मोहम्मद खान, तेलंगानामा तामिलिसाई सुन्दरराजनलाई राज्यपालमा नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रतिक्रिया