राजनीति

Tata MotorsTata Motors

संघीयतालाई असफल पार्न अनर्गल प्रचारबाजी भइरहेको छः मुख्यमन्त्री शाही


नेपालखबर
सुर्खेत , असार १

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निराशा छाएको बताएका छन्।

सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आइतबार शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी संघीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने मनसायले गरिएका प्रचारबाजी बिरुद्ध सचेत रहन आग्रह गरे। मुलुकमा कानूनी शासन रहेकाले सरकारमा बस्नेले भ्रष्ट्राचार गरेको पाइए कानूनबमोजिम दण्ड हुने उनको प्रष्टोक्ति थियो।

‘संघीयतालाई असफल पार्न अनर्गल प्रचारबाजी भइरहेको छ’, उनले भने, ‘मूलतः संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास सम्भव छ।’ संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानूनी राज्य भएको र गैरकानूनी काम गर्ने जो कोहीले कसुरबमोजिम सजाय भोग्नुपर्ने जिकिर गरे।

सम्भावनाको खानी कर्णालीमा आर्थिक विकासका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले भने, ‘उत्पादनमूलक रोजगारी सिर्जना गर्ने क्षेत्र तथा साना तथा स्वरोजगारमूलक व्यवसायमा पनि लगानी बढाउनुहोस् र बैंक नाफामुखी मात्रै भएको भन्ने जनगुनासोलाई चिर्नुस्।’ व्यवसायीको लगानी सुरक्षाको वातावरण प्रदेश सरकारले बनाउने मुख्यमन्त्री शाहीको भनाइ थियो।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कर्णालीको आवश्यकताबमोजिम लगानी गरेर यहाँको नागरिकको आर्थिक उन्नति गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए। रासस

असार १, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors