ad ad

राजनीति


पूर्वमन्त्री गणेश नेपालीको निधन

पूर्वमन्त्री गणेश नेपालीको निधन

नेपालखबर
भदौ १४, २०७६ शनिबार ३:५३,

पूर्वयुवा तथा खेलकूदमन्त्री गणेश तिवारी नेपालीको निधन भएको छ।

उनका छोरा बजरंग नेपालीका अनुसार जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार साँझ ७६ वर्षको उमेरमा नेपालीको निधन भएको हो।

विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनी तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री थिए।

पाँच वर्षदेखि पक्षघात तथा एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित मन्त्री नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ।

विसं १९९९ मा जन्मिएका मन्त्री नेपालीले २०२७ सालमा राजनीतिमा लागेका थिए। उनले विसं २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गरेका थिए।

कांग्रेस छाडेर उनी विसं २०५२ मा एमाले तथा २०६४ सालमा तमलोपा प्रवेश गरेका थिए। सोही बेला उनी चुनाव जितेर मन्त्री बनेका थिए। हाल उनी नेपाली राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .