ad ad

राजनीति


सडक बनाउन माग गर्दै गगन थापा धर्नामा

सडक बनाउन माग गर्दै गगन थापा धर्नामा

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १०:२,

सांसद गगन थापा सहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक बिभागको कार्यालयमा धर्ना दिएका छन्।

ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन्। काठमाडौं क्षेत्र नम्वर ४ अन्र्तगत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनी विरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका छन्।

चावहिल कपन लगायत काठमाडैं क्षेत्र नं ४ का सडक निर्माणको कार्य गत वैशाखमै म्याद सकिएको छ। सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन्।

नेपाली काग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन्। सांसद गगन थापाले आफूहरुको अनुरोधलाई बेवास्ता गरेको सडक बिभाग र मन्त्रालयकाबिरुद्ध सडक संघर्षलाई सिंहदरबार भित्र लाने चेतावनी दिए।

काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन्। अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ। शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र पारेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को विकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ भने चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आह्वान गरिएको छ। यहि निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .