भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग दिल्लीमा भेट गरेका छन्।
भारतको रक्षामन्त्रीमा सिंह नियुक्त भएपछि भएको पहिलो शिष्टाचारमा भेटमा दुवैले नेपाल भारतबीचको ऐतिहासिक सम्बन्धको बारेमा चर्चा गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा सिंह रक्षामन्त्री बनेका हुन्। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का पूर्व अध्यक्ष समेत रहेका सिंह पहिलो कार्यकालमा गृहमन्त्री रहेका थिए।
आचार्य र सिंहबीच द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन विषयमा धारणा आदान प्रदान गरेको दूतावासले जनाएको छ। सिंह नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा नेता हुन्।
— Nepal Embassy, India (@EONIndia) August 30, 2019Ambassador Mr Nilamber Acharya in a courtesy meeting with Hon Defence Minister of India, Shri Rajnath Singh today. The two had warm and cordial discussion on the rich tradition of Nepal-India ties; exchanged views on further strengthening bilateral relations. pic.twitter.com/QyqXK4ORf1
प्रतिक्रिया