काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली ९ दिने युरोप भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्किएका छन्। जेठ २५ गते जेनेभा, स्विट्जरल्यान्ड पुगेका उनी वेलायत र फ्रान्सको समेत भ्रमण गरी फर्किएका हुन्।
कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु एवं नेकपा नेताले स्वागत गरेका छन्।
विमानस्थलको अति विशिष्टि कक्षमा उनले आफ्नो भ्रमणबारे सञ्चारकर्मीलाई अवगत गराएका छन्।
3
Shares
प्रतिक्रिया