राजनीति


नेकपाका स्कुल विभाग प्रमुखलाई एमालेको पाठ्यक्रम!

नेकपाका स्कुल विभाग प्रमुखलाई एमालेको पाठ्यक्रम!

नेपालखबर
भदौ ७, २०७६ शनिबार १२:३७,

कार्यवहाक प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल क्युनिस्ट पार्टीका सचिवालय सदस्यईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

 ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रमगरी पोखरेललाई तत्कालीन एमालेका स्कुल विभाग उपप्रमुख शंकर पोखरेलले स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

जिम्मेवारी साथसाथै पोखरेलले तत्कालीन एमालेको स्कुल विभागले तयार गरेको पाठ्यक्रम र अन्य सामग्रीहरु समेत हस्तान्तरण गरे।

जिम्मेवारी हस्तान्तरण कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले स्कुल विभागलाई प्रभावकारी बनाएर लैजानुपर्ने बताए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको झण्डै १५ महिनापछि यो विभागले पूर्णता पाएको भन्दै उनले विभागले वैचारिक खालका प्रशिक्षण चलाउनुपर्ने बताए। पछिल्लो समय कार्यकर्तामा पठन संस्कृति घटेको भन्दै यसलाई बढाउनका लागि स्कुल विभागको मुख्य जिम्मेवारी हुने बताए।

उनले नेकपाका सदस्य नरहेका तर पार्टीको स्कुलमा पढ्न चाहनेहरुलाई पनि रोक्न ढोका खुला राखेर स्कुल सञ्चालन गर्नुपर्ने बताए।

स्कुल विभागको जिम्मेवारी लिएपछि कावा प्रधानमन्त्री समेत रहेका पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए।

परिर्वतित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए। सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो।

यसअघि अन्य विभागजस्तै स्कुल विभागलाई हेरिँदै आएको भए पनि यसपटक नेतृत्वमा पूर्वमाओवादी र पूर्वएमाले समूहले दावी गर्दै आएपछि यो विशेष बन्नु पुगेको छ। पूर्वमाओवादीबाट पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट ईश्वर पोखरेल, धनश्याम भुसाल लगायतले दावी गरेपछि यसले एकता प्रक्रियालाई केही समय लम्ब्याइदिएको थियो।

कार्यक्रममा विभाग प्रमुख पोखरेलले बाहिर सञ्चार माध्यममा आएजस्तो पार्टीभित्र कुनै विवाद नभएको र आफू सर्वसहमतिबाटै विभागको प्रमुख बनेको दावी गरे। ‘बाहिर सञ्चारमाध्यममा आएजस्तो विवाद पार्टीभित्र थिएन’, उनले भने, ‘सचिवालयमा यो विषयले प्रवेश पाएकै दिन सर्र्वसम्मतिबाट जिम्मेवारी पाएको हुँ, सबैलाई मिलाउर अगाडि बढ्छु।’

उनले योजना बत्रनाएर देशैभर स्कुल सञ्चालन गर्ने र वैचारिक जागरण ल्याउँने दावी समेत गरे। कार्यक्रममा विभागका उपप्रमकुख देवेन्द्र पौडेल र वेदुराम भुसालको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .