ad ad

राजनीति


जसपा विवादः ठाकुर समूहले कीर्ते गरेको भन्दै मुद्दा हाल्ने तयारीमा यादव पक्ष

जसपा विवादः ठाकुर समूहले कीर्ते गरेको भन्दै मुद्दा हाल्ने तयारीमा यादव पक्ष

नेपालखबर
असार ६, २०७८ आइतबार १२:५३,

कीर्ते हस्ताक्षर गरी झुटो विवरण पेस गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूहविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्ने भएको छ।

यादव पक्षले सोमबार वा मंगलबारसम्म महन्थ पक्षले हस्ताक्षर कीर्ते गरेको भनी रिट हाल्ने तयारी गरेको छ।

असार १ गते ठाकुर पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए।

तर, जसपाको विधानमा एकल अध्यक्षको व्यवस्थै नभएको, ठाकुरसँग बहुमत कार्यकारिणी सदस्य नभएको र हस्ताक्षर कीर्ते गरेको भन्दै अदालतमा रिट हाल्न लागिएको नेता नवराज सुवेदीले जानकारी दिए।

‘उहाँ (ठाकुर)ले असार १ गते बहुमत नेताहरु आफूसँग रहेको भन्दै झुटो विवरण निर्वाचन आयोगमा बुझाउनुभएछ,’ सुवेदीले भने, ‘यो कीर्ते जालसाझी हो, साथीहरुको हस्ताक्षर कीर्ते गरेकोले भोलि वा पर्सीसम्म कीर्ते सम्बन्धी रिट हाल्दैछौँ ।’

रिट दायरका विषयमा कानुनविदहरुसँग छलफल भइरहेको उनले बताए।

जसपाका अध्यक्ष ठाकुरसहितका २० नेताले उपेन्द्र यादवलाई कारवाही गरेर कार्यकारिणी समितिमा आफूखुशी मनोनित गरेका थिए।

सो मनोनयनबारे निर्वाचन आयोगमा जानकारी गराएपछि यादव पक्षले ठाकुर पक्षले कीर्ते गरेको निष्कर्ष निकाल्दै अदालतमा जाने निर्णय गरेको हो।

जेठ २१ गते ठाकुर पक्षका १० जना सरकारमा सहभागी भएका छन्।

ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै जसपाभित्र विवाद चुलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .