ad ad

राजनीति


राष्ट्रपतिसँग एक घण्टा छलफल गरेर फर्किए गृहमन्त्रीसहित तीन सुरक्षा प्रमुख

राष्ट्रपतिसँग एक घण्टा छलफल गरेर फर्किए गृहमन्त्रीसहित तीन सुरक्षा प्रमुख

नेपालखबर
असार ४, २०७८ शुक्रबार १२:३३,

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री, गृहसचिव र तीन सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएर छलफल गरेकी छन्।

राष्ट्रपतिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई शीतल निवासमा बोलाएकी थिइन्।

शुक्रबार अपरान्ह चार बजे शीतलनिवास प्रवेश गरेका सुरक्षा प्रमुखहरुले त्यहाँ करिब एक घण्टा बिताएका थिए।

गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

गृहमन्त्रीसहित पुगेका सुरक्षा प्रमुखहरुसँग राष्ट्रपति भण्डारीले विपत र सुरक्षा निकायको तयारीका बारेमा पछिल्लो अवस्थाको जानकारी लिएकी थिइन्।

‘उहाँले पछिल्लो प्राकृतिक प्रकोप र हाम्रो तयारीका बारेमा जिज्ञासा राख्नुभयो। हामीले त्यस विषयमा ब्रिफिङ गर्‍यौँ,’ छलफलका एक सहभागीले भने, ‘अहिले समग्र देशमा बाढी–पहिरोको अवस्था कस्तो छ? हामीले के कसरी उद्धार गरिरहेका छौं र तयारी के छ भनेर ब्रिफिङ भयो।’

यो पनिः
गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुख शीतल निवासमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .