ad ad

राजनीति


केन्द्रीकृत सोचका कारण प्रदेशका मुख्यमन्त्रीहरु अप्ठेरोमा : निवर्तमान मुख्यमन्त्री गुरुङ

केन्द्रीकृत सोचका कारण प्रदेशका मुख्यमन्त्रीहरु अप्ठेरोमा : निवर्तमान मुख्यमन्त्री गुरुङ

वाशुदेव मिश्र
असार ४, २०७८ शुक्रबार ८:५७,

गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुण र दोषको आधारमा कृष्णचन्द्र नेपालीको सरकारलाई समर्थन र विरोध गर्ने बताएका छन्।

बढो शालीन ढंगले सदनमा प्रस्तुत भएका उनले संघीयता बलियो बनाउने शर्तमा यो सरकारलाई पूरा समर्थन रहने घोषणा गरेका हुन्।

नेताहरुमा रहेको केन्द्रिकृत मानसिकताका कारण हिजो आफूले मुख्यमन्त्रीको रुपमा दुःख पाएको र त्यो दुःख कृष्णचन्द्र नेपालीले पनि पाउनसक्ने उनको भनाइ छ।

‘प्रदेश सरकारका मुख्यमन्त्रीहरु धेरै अप्ठेरोमा हुनुहुन्छ, त्योमध्ये माननीय कृष्णचन्द्र नेपाली पनि हुनुहुन्छ। हिजो म पनि थिएँ। संघीयताको पक्षमा डटेर लाग्छ भने यो सरकारलाई सघाउन नेकपा एमाले तयार छ,’ उनले भने, ‘तपाईंहरु संघीयता बलियो बनाउन लाग्नुहुन्छ भने सहयात्रा गर्न तयार छौँ।’

उनले पहिलो संविधान सभा कार्यकालमा आफू ककसको अध्यक्ष हुँदा नै अहिलेका शीर्ष नेताहरुको मानसिकता बुझेको जिकिर गर्दै तीमध्ये केहीको व्यापारिक र अन्य स्वार्थ रहेको खुलासा पनि गरे।

‘तपाईंहरु केपी ओलीलाई मात्र भन्नुहुन्छ, म ककसको नेताहुँदा हरेक नेताको दृष्टिकोण र एक एक नेताको कुरा बभmेको छु, त्यहाँको माइण्ड सेट, त्यहाँका ठूलाठूला ब्यूरोक्रयाट, टेक्नोक्र्याटहरु, त्यहाँभित्र मुख्यसचिवदेखि सारा सचिवहरुको कुरा बुझेको छ। थोरैमात्र ब्यूरोक्र्याट छन्, उनीहरुलाई मात्र संघीयताको लागि स्यालुट गर्नुपर्छ’, उनले भने।

उनले व्यक्तिको हिसाबले नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको प्रशंसा पनि गरे।

‘व्यक्तिको हिसाबले माननीय मुख्यमन्त्रीज्यू, हामी सायद ५९ जना छौँ होला सायद। यीमध्ये सबैभन्दा पाको, शालीन र गौरवशाली राजनीतिक परिवारबाट आउनु भएको व्यक्तिलाई म विश्वासको मत दिन्नँ मलाई गाह्रो भो’, उनले भने, ‘तर उहाँले म कृष्णचन्द्र नेपालीलाई विश्वासको मत दिनुहोस् भन्न आउनु भएको हैन, उहाँको गठबन्धनलाई विश्वासको मत माग्न आउनु भएको हो। म उहाँको सरकारलाई शुभकामना व्यक्त गर्न चाहन्छु। तर, उहाँ जुन गठबन्धनबाट आउनु भएको छ, त्यसलाई एमाले गण्डकी संसदीय दलले मत दिन नसक्ने प्रष्ट पार्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .