ad ad

राजनीति


गिटी-बालुवा निकासी गर्ने सरकारी निर्णयविरुद्ध मुद्दाको सुनुवाइ आज

गिटी-बालुवा निकासी गर्ने सरकारी निर्णयविरुद्ध मुद्दाको सुनुवाइ आज

नेपालखबर
असार ४, २०७८ शुक्रबार ५:४५,

गिटी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनको आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

यो मुद्दा सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर इजलास गठन गरिएको छ। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन्।

सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा गिटी-बालुवा विदेश निकासी गरी व्यापार घाटा घटाउने उल्लेख छ। जसको चौतर्फी विरोध भइरहेको छ।

यस बाहेकका रिट निवेदन पनि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .